सिरहा । नेपाली कांग्रेसका सभापति गगन थापाले सिरहा क्षेत्र नम्बर ४ का जनताको खोसिएको अधिकार स्थापित गराउने बाचा गरेका छन् । मिर्चैयामा मंगलबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बाचा गरेका हुन् ।
कांग्रेसका स्थानीय नेताहरूले सभापति थापासमक्ष मिर्चैयामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरिदिन माग गरेका थिए । मिर्चैयामा यसअघि नै इलाका प्रशासन कार्यालय भए पनि माओवादी द्वन्दकालमा हटाइएको थियो ।
यसको जवाफमा थापाले इलाका प्रशासन मात्रै होइन, यहाँका जनतासँग खोसिएका र पाउनुपर्ने तमाम अधिकार स्थापित गर्न नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताए । आफूसँग देश विकास गर्ने स्पष्ट मार्गचित्र रहेको भन्दै आफ्ना उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे ।